काठमाडाैं । नेपालमा गत २४ घण्टामा थप ९ हजार ७० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा ५४ जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार बिहीबार पीसीआर विधिबाट २० हजार ३६७ जनामा परीक्षण गर्दा ८९७० र एन्टिजेन विधिबाट परीक्षण गर्दा १०० जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० र निको हुनेको कुल संख्या २ लाख ९२ हजार ४९० पुगेको छ । पछिल्लो २४ घण्टामा २७०७ जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म ३ हजार ५२९ जनकाे काेभिड संक्रमणकाे कारण मृत्यु भएकाे छ ।
काठमाडौं उपत्यकामा ३९७२ जनामा कोरोना
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३१६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी ३९७२ जनामा संक्रमण पुष्टि भएको हो ।