काठमाडाैं । देशभर फेलिएकाे काेराेना भाइरसकाे अलग–अलग भेरियन्टले विज्ञहरु चकित छन् । काेराेना नियन्त्रणका लागि अहिले विश्व लागेकाे छ तर पनि सफलता हात परेकाे छैन ।
यसबीचमा काेराेना भाइरसकाे एउटा अर्काे नयाँ भेरियन्ट देखा परेकाे छ जुन निकै चिन्ताजनक भएकाे विज्ञहरुकाे दाबी छ । विज्ञहरुका अनुसार काेराेना भाइरसकाे नयाँ भेरियन्ट ‘N440K’ अन्य भेरियन्टभन्दा १० गुना संक्रामक भएकाे पाइएकाे छ ।
‘N440K’ दशदेखि हजार गुणासम्म संक्रामक भएकाे भारतीय सञ्चारमाध्यम अमर उजालाले उल्लेख गरेकाे छ । भारतमा पछिल्ला दिनमा याे भुसकाे आगाे जसरी फैलिएकाे दाबी गरिएकाे छ । एक रिपाेर्टका अनुसार भारतमा गएकाे २६ अप्रिलदेखि २ मे सम्ममा २६ लाख काेराेना संक्रमित भेटिएका थिए । जसमा २३ हजार ८ सयकाे मृत्यु भएकाे थियाे । यही बीचमा विज्ञहरुले याे याे म्युटेन्टकाे बारेमा पत्ता लगाएका हुन् ।
उक्त जानकारी हैदराबादकाे सेन्टर फर सेलुलर एणड मोलिक्यूलर बायोलेजी (सीसीएमबी) र गाजियाबाद के एकेडमी फर साइन्टिफिक एण्ड इनोवेशन रिसर्च (एसीएसआईआर) का वैज्ञानिकले मिलेर पत्ता लगाएकाे समाचारमा जनाइएकाे छ ।