Aafno Khabar

विश्वसनीय सूचनामार्फत देश र जनताका सेवामा समर्पित हुन राष्ट्रपतिकाे आग्रह

  • आफ्नो खबर
  • May 3, 2021 प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेकी छिन् ।

राष्ट्रपतिले साेमबार अपराह्न ट्वीट गरी यस दिवसले राज्यको चौथो अङ्ग पत्रकारिता जगतलाई व्यावसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्वसनीय सूचना सम्प्रेषणमार्फत देश र जनताका सेवामा समर्पित हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छिन् ।