काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ ।
शर्माले सामाजिक सन्जालमार्फत संक्रमित भएको जानकारी दिएका छन् । उनले आफू काेठामा आइसाेलेशनमा बसेकाे पनि जानकारी गराएका छन् । अस्वस्थ महशुस गरी आइतबार स्टार अस्पतालमा परीक्षण गरिएकोमा साेमबार बिहान पोजेटिभ रिपोर्ट आएको हो ।
उनले ट्वीटमार्फत सबैमा सजग बन्न आह्वान पनि गरेका छन् । उनले भनेका छन्, ‘लक्षणले च्यापेको छ तर मनोवल उच्च छ । सबैजना सजग बनौँ ।’