Aafno Khabar

पहाडी भूभागमा हावाहुरीसहित वर्षाकाे सम्भावना

  • आफ्नो खबर
  • May 2, 2021 प्रकाशित

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

‘हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ,’ महाशाखाको बुलेटिनमा उल्लेख छ, ‘देशभर पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा भएको जनाइएको छ ।

आइतवार दिउँसो देशभर पहाडी भूभागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने र १ नम्बर प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको जनाइएको छ ।