भारतबाट फर्कने आफ्ना नागरिकलाई अष्ट्रेलियाले पाँच वर्षसम्म जेल चलान गर्न सक्ने जनाएको छ । भारतमा कोरोना संक्रमणको महामारी बढेसँगै भारतबाट आफ्ना नागरिकसहित सबै यात्रुलाई रोक लगाएको अष्ट्रेलियाले जबर्जस्ती गरेमा पाँच वर्षसम्म जेल वा ६६ हजार अष्ट्रेलियन डलरसम्म जरिवाना गर्न सक्ने नियम पारित गरेको बीबीसीले जनाएको छ ।
भारतमा अहिले ९ हजार अष्ट्रेलियाका नागरिक रहेकामा ६ सयजनालाई जोखिमयुक्त समूहमा राखिएको छ ।
आफ्ना परिवार भारतमा कोरोनासँग सङ्घर्ष गरिरहेको अवस्थामा सरकारले यस्तो नियम लगाउनु गलत भएको आवाज उठे पनि अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले भने सरकारले हल्का ढङ्गले निर्णयहरू नगरेको बताए ।
भारतमा सङ्क्रमणदर बढेसँगै अमेरिकासहितका कयौँ देशले भारतसँगका उडान बन्द गरेका छन् । भारतमा हिजो एकैदिन चार लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यो सङ्ख्या विश्वमा एकै दिन संक्रमति हुनेको सबैभन्दा धेरै हो ।