Aafno Khabar

कोरोना खोप धनी देशको कब्जामा : डब्ल्यूएचओ

  • आफ्नो खबर
  • April 30, 2021 प्रकाशित

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुखले कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गरेका छन् । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र रहेको बताएका हुन् ।

उनका अनुसार विश्वभर अझै पनि एक अरबभन्दा बढी कोरोनाविरुद्धको डोज छ । उनले भने, ‘सच्याई यही हो । महामारीमा कोरोनाविरुद्धको खोप सबैको पहुँचमा पुर्‍याउने सबैभन्दा ठूलो चुनौति छ । किनभने यो राजनीतिक, आर्थिक र सामाजिक स्थिरताको कडी हो ।’

कोरोना महामारीलाई नियन्त्रणमा लिन अहिले एकमात्र उपाय धेरैभन्दा धेरै व्यक्तिलाई खोप दिनु नै रहेको डब्ल्यूएचओ प्रमुखको भनाइ छ ।