Aafno Khabar

बुटवलमा आधा घण्टाको अवधिमा तीन जना कोरोना संक्रमितको मृत्यु

  • आफ्नो खबर
  • April 29, 2021 प्रकाशित

प्रतिकात्मक तस्बिर ।

काठमाडौं । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना बिशेष अस्पतालमा आधा घण्टाको बीचमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

उपचारका लागि अस्पताल भर्ना भएका उनीहरुको बिहीबार बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा ३१ वर्षिय पुरुष, ६६ वर्षिय पुरुष र ७२ वर्षिया महिला रहेको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

बिहीबार तीन जनाको मृत्यु भएपछि रुपन्देहीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ८४ पुगेको छ ।