काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
१३ हजार ५ सय ६० एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ ।
यो संख्या अहिलेसम्मकै उच्च हो । गएको कात्तिक १९ गते एकैदिनमा सर्वाधिक ३० जनाको मृत्यु भएको थियो । योसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ ।
बिहीबार थपिएका ४ हजार ९ सय २८ संक्रमितसहित नेपालमा कूल संक्रमितको संख्या ३ लाख १७ हजार ५३० पुगेको छ ।
अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय १७ पुगेको छ । पछिल्लो २४ घण्टामा ८८८ जना निको भएका छन् ।