Aafno Khabar

पूर्व बडामहारानी कोमल शाह आइसियूमा

  • आफ्नो खबर
  • April 29, 2021 प्रकाशित

काठमाडौं । पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहको स्वास्थ्यमा केही गम्भीर समस्या देखिएपछि उनलाई आइसियूमा राखेर उपचार सुरु गरिएकाे छ ।

कोभिड–१९ संक्रमण देखिएपछि चार दिनअघि नर्भिक अस्पतालमा पूर्व राज दम्पती र छोरी प्रेरणालाई भर्ना गरिएको थियो । पूर्व राजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणाको अवस्था सन्तोषजनक र सुधारउन्मुख देखिएको छ ।

बुधबार बेलुका कोलम शाहलाई आइसियूमा सारिएको र चिकित्सकहरुको निरन्तर निगरानीमा राखिएको अस्पताल स्राेतले जानकारी दिएकाे छ ।