काठमाडाैं । गृह मन्त्रालयले कोरोना माहामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाको अवधिमा अति आवश्यक नपरी घरबाहिर ननिस्कन सर्वसाधारणसमक्ष आग्रह गरेकाे छ ।
बिहीबार प्रेश विज्ञप्ति जारी गर्दै मन्त्रालयले निषेध आदेश जारी भएका ठाउँमा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवगमनका रोक लगाइने भएकाले निषेध आदेशको अवधिभर अति आवश्यक नपरी घरबाहिर ननिस्कन सर्वसाधारणसमक्ष आग्रह गरेकाे हाे ।
काठमाडौ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा गरिएकाे छ ।