काठमाडौं । पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिने भएको छ।
नर्भिक इन्टरनेसनल अस्पतालले शाहका लागि प्लाज्माको खोजी भइरहेको जनाएको छ । पूर्वरानी शाहको उपचारमा संलग्न चिकित्सकका अनुसार सम्भव भएसम्म आजै प्लाज्माबाट उपचार हुनेछ ।
कोरोना संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल वैशाख ७ गते नर्भिक अस्पताल भर्ना भएका थिए।
कोमललाई भने श्वासप्रश्वासमा समस्या देखिएपछि हिजो आइसियूमा सारिएको छ। उनको अवस्था स्थिर र सुधारोन्मुख देखिएको छ ।
‘उहाँलाई प्रतिमिनेट ८–१० लिटरसम्म अक्सिजन दिइएको अस्पतालले जनाएको छ भारतको हरिद्वारबाट फर्किएपछि शाह दम्पत्तीलाई कोरोना संक्रमण भएको थियो।
पूर्वराजा शाहको अवस्था भने सामान्य छ। उनीहरूसँगै अस्पताल भर्ना भएकी छोरी प्रेरणा शाहको अवस्था पनि सामान्य छ।