काठमाडौं । थाइल्यान्डका प्रधानमन्त्री प्रायुथ चान–ओचालाई फेस मास्क नगलाएर कोरोना भाइरस सम्बन्धी मापदण्ड उल्लंघन गरेको आरोपमा सोमबार ६ हजार भाट अर्थात १९० डलर जरिवाना गरिएको छ ।
अन्तरराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार बैंककका गभर्नरले प्रधानमन्त्री प्रायुथलाई मास्क नलगाएको आरोपमा ६ हजार भाट जरिवाना गरिएको जनाएका हुन् ।
बैंककका गर्भनर अश्विन क्वानमुआङले प्रधानमन्त्री प्रायुथलाई सूचित गरी नियमको उल्लंघन भएको र जरिवाना गरिएको बताएका हुन् ।