काठमाडौं । चीनले नेपाललाई करिब ९२ करोड रुपैयाँ भन्दा बढी (चिनियाँ मुद्रा ५० लाख) को स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ ।
मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका विदेशमन्त्रीसँगको छलफलमा नेपाललाई कोरोना महामारीविरुद्धको लडाइमा सो सहयोगको घोषणा गरेका हुन् ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना महामारीविरुद्धको लडाइ, आर्थिक पुनरुत्थान र नागरिकको जीविका र जीवन रक्षाका लागि ठोस सहकार्य अगाडि बढाउनुपर्ने धारणा राखेका थिए ।