Aafno Khabar

अब काठमाडौं आउँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

  • आफ्नो खबर
  • April 26, 2021 प्रकाशित

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि विभिन्न स्थानमा लकडाउन तथा निषेधज्ञा गरेको सरकारले काठमाडौं उपत्यका प्रवेश गर्नेहरुलाई अनिवार्य क्वारेन्टिन वा होम आइसोलेसनमा बस्न निर्देशन दिएको छ ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार जारी गरेको आदेशमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले अब उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको संयुक्त बैठकले उपत्यकामा वैशाख १६ गतेदेखि २२ गते मध्यरातिसम्म एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । निषेधाज्ञा अवधिमा अत्यावश्यकबाहेकका अन्य गतिविधि बन्द हुने जनाइएको छ ।