काठमाडौं । पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ ।
१२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४ सय ४२ र ८ सय ९३ एन्टिजेन परीक्षण गर्दा १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको छ । जसमध्ये गत २४ घण्टामा १२ सहित ३ हजार १ सय ७६ जनाको मृत्यु भएको छ भने हालसम्म २ लाख ७७ हजार ९ सय ५१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३ सय ७८ जना निको भएको मन्त्रालयले जनाएको छ ।
कहाँ कति थपिए ?
सोमबार थपिएका संक्रमितमध्ये १ हजार ९ सय १२ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंमा १ हजार ५ सय ६७, ललितपुरमा २ सय २३ र भक्तपुरमा १ सय २२ जना छन् ।
यस्तै बाँकेमा ३ सय ७, मोरङमा १ सय ३४, पर्सामा ९८, चितवनमा ९६ तथा रुपन्देहीमा ९५ जना संक्रमित थपिएका छन् ।
यसैगरी कास्कीमा ६२, झापामा ४३, सुनसरीमा ४२, कञ्चनपुरमा ४१, पाल्पामा ३४, मकवानपुर र बैतडीमा ३२ ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।