Aafno Khabar

संक्रिय संक्रमित ५ सय नाघेका जिल्लामा निषेधाज्ञाको तयारी

  • आफ्नो खबर
  • April 25, 2021 प्रकाशित

काठमाडौं । कोरोना संक्रमणको उच्च जोखिममा रहेका शहरी क्षेत्रमा निषेधाज्ञा गर्ने तयारी सरकारले गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित नाघेका क्षेत्रमा निषेधाज्ञा गर्ने तयारी गरेको हो ।

जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिन लागिएको हो । योसँगै काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले पनि संयुक्त छलफल गरेर निषेधाज्ञा लगाउने तयारी गरेका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुरलाई छुट्टाछुट्टै हेर्न नमिल्ने भन्दै उनीहरुले संयुक्त निर्णय गर्ने तयारी गरेका हुन् । उपत्यकाका तीनवटै जिल्लामा ५ सय बढी सक्रिय संक्रमित छन् ।