Aafno Khabar

प्रधानमन्त्री ओलीद्वारा पुनर्निर्मित धरहराको उद्घाटन

  • आफ्नो खबर
  • April 24, 2021 प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । शनिबार आयोजित पुनर्निर्मित धरहरा उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले यसको उद्घाटन गरेका हुन् ।

वि.सं. २०७२ बैशाख १२ गते आएको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिकै यो नयाँ धरहरा निर्माण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरालाई पुनर्निर्माण गरेको हो ।

पुनर्निर्मित धरहरा बाहिरबाट ११ तला देखिने तर भित्र २२ तलाको रहेको छ । धरहरामा विद्युतीय लिफ्ट र भर्‍याङको समेत व्यवस्था गरिएको छ ।

धरहरा शनिबार उद्घाटन गरिए पनि तत्काल सर्वसाधारणका लागि भने खुला गरिएकाे छैन ।

विसं. २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण शुरु गरेको थियो । पहिलोपटक प्रधानमन्त्री बनेका बेला २०७२ फागुन ४ गते केपी शर्मा ओलीले ‘मेरो धरहरा मैं बनाउँछु’ अभियान शुरु गरेका थिए ।

भूकम्पले भत्किएपछि धरहरा क्षेत्र विस्तार भएको छ । अब धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ ।