काठमाडाैं । नेपालमा नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको घटना बाहिर आएपछि अब विदेश जानका लागि सिमित प्रयोगशालाहरूको परीक्षणलाई मात्र मान्यता दिने भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यसमा सबै सरकारी अस्पताल र केही निजी अस्पताललाई मात्र मान्यता दिएको छ ।
मान्यता पाउने निजी अस्पतालमा अस्पताल स्टार अस्पताल, नेपाल मेडिसिटी अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, युनिभर्सल मेडिकल कलेज भैरहवा र ह्याम्स हस्पिटलमात्र रहेका छन् ।