Aafno Khabar

देशैभर कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

  • आफ्नो खबर
  • April 23, 2021 प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसमध्य काठमाडौं उपत्यकामा मात्र थप ९४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ७६० जना, भक्तपुरमा ७४ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।

यस्तै बाँकेमा ३५४ , रुपन्देहीमा २२१, सुर्खेतमा ९१, दाङमा ७९, मोरङमा ७४, कैलालीमा ७२, कास्कीमा ६७, पर्सामा ६२, बर्दियामा ३९, पाल्पामा ३२, धनुषामा ३१ र मकवानपुरमा ३० जना संक्रमित भेटिएका छन् ।

चितवनमा २७, काभ्रेपलाञ्चोक र कञ्चनपुरमा २२÷२२, बारामा २१, नवलपरासी पश्चिममा १७, कपिलवस्तुमा १५, महोत्तरी र गुल्मीमा १४/१४, रौतहट र अर्घाखाँचीमा १३/१३ जना, नुवाकोटमा १२, सुनसरी र वाग्लुङमा ११/११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।