साेलुखुम्बु । हिमपातका कारण सोलुखुम्बुको उच्च हिमाली क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा अबरुद्ध बनेको छ । बुधबारदेखि लगातार परेको हिमपातका कारण लुक्ला, स्याङबोचे लगायतका स्थानमा नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अबरुद्ध बनेको स्याङबोचेमा कार्यरत कर्मचारी महेश भण्डारीले जानकारी दिए ।
हिमपातका कारण कार्यालयको सेवा पनि प्रभावित बनेको उनको भनाइ छ । आरोहण सिजन भएकाले विगतका दिनमा पर्यटकको चहलपहल भए पनि अहिले सुनसान जस्तै रहेको छ । नाम्चे क्षेत्रमा पनि हिउँ परेको छ । कोरोना कहरले थलिएको खुम्बुको पर्यटनमा यस वर्ष भने केही आशा पलाएको छ । फाटफुट रुपमा आएका पर्यटक हिमपातमा रमाउन थालेका छन् ।
हिमपातपछि गइसकेको चिसो फेरी बढेको स्थानीयले बताएका छन् ।