Aafno Khabar

काेराेना महामारी बढेपछि के–केमा प्रतिबन्ध ? हेर्नुहोस् मन्त्रिपरिषदकाे आदेश

  • आफ्नो खबर
  • April 19, 2021 प्रकाशित

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि सरकारले फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु सुरु गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालमा कोभिड–१९ को नयाँ भेरियन्टसहितको संक्रमण बढेको भन्दै जनस्वास्थ्यको मापदण्ड पालनामा कडाइ र भिडभाड हुने क्षेत्रमा नियन्त्रण गरेको हो ।

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारी नियन्त्रण रोकथामका लागि सार्वजनिक यातायातमा मास्क अनिर्वाय गरेकाे छ ।

मास्क नलगाएका व्यक्तिलाई सार्वजनिक सवारीका साधन चढ्न दिन नहुने र बस चालक तथा सहचालकले त्यस्ता यात्रुसँग बढीमा १० रुपैयाँ लिएर मास्क बेच्न सक्ने निर्णय गरिएको सञ्चार तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

यस्तै, सरकारले काेराेना महामारी बढेपछि शहरी क्षेत्रमा विद्यालयहरु बन्द गरेकाे छ । विद्यालय बन्द गरे पनि विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा र चिकित्सा शिक्षाका प्रयोगात्मक परीक्षा भने नरोकिने बताइएकाे छ ।

के केमा प्रतिबन्ध हेर्नुहोस् मन्त्रिपरिषदले जारी गरेको आदेश :