Aafno Khabar

भेरी अस्पतालमा तीन घण्टाकाे अवधिमा तीन जना काेराेना संक्रमितकाे मृत्यु

  • आफ्नो खबर
  • April 18, 2021 प्रकाशित

प्रतिकात्मक तस्बिर ।

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा शनिबार राति तीन घण्टाकाे अवधिमा तीन जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

कोरोना विशेष वार्डमा उपचाररत तीन संक्रमितको तीन घण्टाको बीचमा मृत्यु भएको अस्पताल स्राेतले जानकारी दिएकाे छ ।

भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ बजे मृत्यु भएको थियो । त्यसपछि बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिला र दैलेखको नारायण नगरपालिका–१ की ६८ वर्षीया महिलाको मृत्यु भएकाे हाे ।