काठमाडाैं । केही दिनयता प्रि-मनसुन सक्रिय भएकाले हावाहुरी, चट्याङसहित हल्का वर्षा हुने क्रम जारी छ । आइतबार पनि अपराह्नपछि पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित क्षणिक वर्षा हुने सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
राति पनि पहाडी भेगकै एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित क्षणिक वर्षा हुने सम्भावना छ ।
महाशाखाले देशको पहाडी भूभागका थोरै स्थानमा अपराह्नतिर मेघगर्जन/चट्याङ, हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको हुनाले सतर्कता अपनाउन अनुरोधसमेत गरेकाे छ ।