Aafno Khabar

सीसीएमसीकाे बैठक, हाेला त विद्यालय बन्दबारे निर्णय ?

  • आफ्नो खबर
  • २०७८ बैशाख ४ गते १२:२३ प्रकाशित

फाइल तस्बिर ।

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक शनिबार बस्ने तय भएकाे छ । बैठक २ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्नेछ ।

नेपालमा पनि नयाँ प्रजातिकाे काेराेना संक्रमण बढिरहेकाे छ । यस्ताे अवस्थामा बालबालिका सबैभन्दा बढी प्रभावित भएकाले त्यसको जोखिम कम गर्नेबारे छलफल हुने जनाइएको छ ।

राष्ट्रिय सभाको संसदीय समितिले पनि विद्यालय तत्काल बन्द गर्न सरकारलाई शुक्रबार निर्देशन दिएको थियो ।

तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने शुक्रबार विज्ञप्ति निकालेर विद्यालयहरु सञ्चालन गर्दा भीडभाड नहुने गरी विद्यार्थीकाे संख्या एवम् संस्था रहेकाे स्थानकाे संक्रमणकाे अवस्था हेरेर स्थानीय तहसँग समन्वय गरी आलाेपालाे अथवा उपयुक्त सिफ्ट मिलाएर सिकाइ क्रियाकलाप सञ्चालन गर्ने व्यवस्था मिलाउन अनुराेध गरेकाे थियाे ।