काठमाडौं । चीनबाट अनुदानमा ल्याइएकाे काेराेना भाइरसविरुद्धकाे खाेप बुधबारदेखि लगाइने भएको छ ।
चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट दिन लागिएको हो । उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफुल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुलाई पनि खोप दिइने मन्त्रालयले जनाएको छ ।
कहाँ लगाइन्छ खोप ?
१.शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु । २. परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, थापाथली । ३. निजामती कर्मचारी अस्पताल, मिनभवन । ४.चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल । ५. राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र, कीर्तिपुर । ६.त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज । ७. काठमाडौँ मेडिकल कलेज, सिनामंगल । ८. नेपाल मेडिकल कलेज, अत्तर खेल । ९. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी । १०. वीरेन्द्र अस्पताल छाउनी । ११. एपीएफ अस्पताल, बलम्बु । १२. नेपाल प्रहरी अस्पताल, पानी पोखरी । १. ओम अस्पताल रिसर्च सेन्टर, चावहिल ।। १४. क्षेत्रपाटी निःशुल्क चिकित्सालय, क्षेत्रपाटी । १५. भक्तपुर अस्पताल, भक्तपुर । १६. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर । १७. नेपाल कोरिया मैत्री अस्पताल, ठिमी । १८. किष्ट मेडिकल कलेज, ललितपुर । १९. आनन्दवन अस्पताल, ललितपुर । २०. धुलिखेल अस्पताल, काभ्रे । २१. त्रिशुली अस्पताल, नुवाकोट ।२२. बाह्रबिसे अस्पताल, सिन्धुपाल्चोक । २३. जिल्ला अस्पताल रसुवा ।