Aafno Khabar

यस्तो छ नितम्ब ठूलाे हुनुकाे फाइदा

  • आफ्नो खबर
  • March 31, 2021 प्रकाशित

तस्बिर : अनप्लास ।

वजन ठिक्क भएका तर नितम्ब, जाँघ तथा खुट्टामा बढी बोसो भएका मानिसहरुमा हृदयाघात, मधुमेह तथा स्ट्रोक जस्ता समस्याको खतरा कम हुने एक अध्ययनकाे निष्कर्ष छ ।

सेल रिसर्च जर्नजलमा छापिएको अध्ययन अनुसार जिउको तल्लो भागमा बोसो कम हुने मानिसमा हृदयरोग तथा मृत्युको आशंका बढि हुन्छ ।

वजन ठिक्क भएका तर जिउको अन्य भागको अनुपातमा नितम्बको आकार ठूलो भएका मानिसहरु समग्र स्वास्थ्यका दृष्टिले पनि भाग्यमानी र सुरक्षित हुन्छन् ।

तर मोटोपनाले ग्रस्त मानिसहरुमा लागू नहुने अध्ययनले बताएकाे छ । किनकी उनको फोक्सो तथा मुटुको आसपास पहिले नै बोसो जमिसकेको हुन्छ र त्यसले नितम्बमा बोसो जम्मा हुनुको कुनै अर्थ छैन ।

 

सम्बन्धित शीर्षकहरु