Aafno Khabar

नेपाल र रावललाई कारबाही गरेपछि एमाले औपचारिक फुट्ने पक्का,नेपाल समुह छलफलमा

  • आफ्नो खबर
  • March 30, 2021 प्रकाशित

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेपछि पार्टी औपचारिक फुटने नेताहरुले बताएका छन् ।

पार्टीभित्र समानान्तर कमिटी गठन गरेको खनाल–नेपाल पक्ष नेताहरु नेपाल र रावललाई गरेको कारबाहीबाट ओलीले एकता नचाहेको स्पष्ट भएको बताउन थालेका छन् । ओलीको कदमको आफूले डटेर सामना गर्ने बताएका नेपाल आज आफु पक्षका नेताहरुलाई छलफलका लागि बोलाएका छन् ।

ओलीले आफ्ना समूहका नेताहरूलाई कारबाही गर्न थालेपछि खनाल–नेपाल समूहले जिल्लाहरूमा समानान्तर समिति बनाउने रणनीति बनाएको छ। समानान्तर कमिटी गठन गर्दै जाने र ओलीलाई चुनौती दिने उनीहरुको योजना छ ।

अन्तिम परिस्थितीमा छुट्टै पार्टी गठन गरेर भए पनि ओलीको कारबाहीलाई चुनौती दिने योजना उनीहरुले बनाएका छन् ।