एजेन्सी । जन निर्वाचित सरकारलाई अपदस्त गरेर सैनिक शासन गरेको म्यानमारमा नागरिक माथिको दमन बढ्दै गएको छ । सैनिक सरकारले आफ्ना नागरिकमाथि हवाइ आक्रमण पनि गर्न थालेको छ ।
सेनाले हवाई आक्रमण गरेपछि दक्षिणपूर्वी प्रान्त करेनका तीन हजार जना म्यानमारी शरण खोज्दै आइतबार थाइल्याण्ड गएका छन्।
सेनाले मुट्रअ जिल्लाका पाँच क्षेत्रलाई लक्षित गरी हवाई हमला गरेको थियो। उक्त क्षेत्रमा आदिवासी सशस्त्र समूह रहेको भन्दै सेनाले हमला गरेको हो।
ुकेही मानिसहरू अहिले जंगलमा लुकिरहेका छन्। तीन हजार बढी शरणार्थी बन्न छिमेकी थाइल्याण्ड पुगेका बीबीसीले जनाएको छ ।
म्यानमारीहरू शरण माग्दै आएको विषयमा थाई अधिकारीहरूले केही प्रतिक्रिया दिएका छैनन्।
राहत संस्था फ्री बर्मा रेन्जरका संस्थापक डेभिड एउबान्कका अनुसार हवाई हमलामा परी करेन नेशनल युनियनका दुई जना सिपाही मारिएका छन्।
करेन नेशनल युनियन नियन्त्रित एक गाउँमा शनिबार सेनाले गरेको हवाई हमलामा परी कम्तीमा तीन सर्वसाधारणको मृत्यु भएको नागरिक समूहले जनाएको छ।