बागलुङ । बागलुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई जनाको मृत्यु हुनेगरी हिजो भएको झडपमामा हराइरहेका १३ जना युवा सम्पर्कमा आएका छन् ।
हिजो बल्देधुरीमा होली मनाउने क्रममा दुई समुहबीच झडप भएको थियो । झडपमा परी निसीखोला–७ राजकुतका अन्दाजी ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो । त्यस्तै १३ जनाभन्दा बढी बेपत्ता भएका थिए ।
झडपपछि सम्पर्कविहीन भएकाहरू राती अबेर सम्पर्कमा आएको स्थानीयले बताएका छन् । १३ जनामध्य १० जना घाइते अवस्थामा रहेको बताइएको छ ।दुई जनाको मृत्यु हुने गरी भएको झडपमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।