Aafno Khabar

इंग्ल्यान्डविरुद्धका तीनवटै क्रिकेट फर्म्याटको सिरिजमा भारतको जित

  • आफ्नो खबर
  • March 29, 2021 प्रकाशित

काठमाडौं ।घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्ध एकदिवसीय क्रिकेट सिरिजको शृंखला जितेको छ। अन्तिम खेलमा इंग्ल्यान्डलाई सात रनले पराजित गर्दै भारतले सिरिज २–१ ले जितेको हो ।

३३० रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा ३२२ रन बनाउन सक्यो । इंग्ल्यान्डका लागि साम कुरानले अविजित ९५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

बलिङतर्फ भारतका शार्दुल ठाकुरले चार र भुवनेश्वर कुमारले तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४८.२ ओभरमा सबै विकेटको क्षतिमा ३२९ रन बनाएको थियो ।भारतका लागि रिषभ पन्तले ७८, शिखर धवनले ६७, हार्दिक पाण्ड्याले ६४, रोहित शर्माले ३४ रनको योगदान दिए ।

बलिङतर्फ इंग्ल्यान्डका मार्क वोडले तीन र आदिल राशिदले दुई विकेट लिए । यो जितसँगै भारतले इंग्ल्यान्डविरुद्ध तीन वटै क्रिकेट फर्म्याटको सिरिज जितेको छ। यसअघि टेष्ट क्रिकेट र टि–२० क्रिकेट सिरिजको शृंखला पनि भारतले जितेको थियो।

यसअघि भारतले पाँच खेलको टि–२० क्रिकेट सिरिज ३–२ ले जितेको थियो। त्यस्तै, चार खेलको टेष्ट क्रिकेट सिरिज पनि भारतले ३–१ ले आफ्नो पक्षमा पारेको थियो ।