काठमाडाैं । अमेरिकी दुतावास युवा परिषद् अन्तर्गत ‘पातको थैला’ बनाउने तालिम सम्पन्न भएको छ । अमेरिकी दुतावास युवा परिषद् २०१९−२० को ब्याचको ‘पातको थैला’ समूहले अयोजना गरेको उक्त तालिममा ३५ जनाले जुममार्फत सहभागिता जनाएका थिए । १०० भन्दा बढीले फेसबुकमार्फत प्रत्यक्ष प्रसारण हेरेका थिए ।
कार्यक्रममा पोखरा असपासका कृषि समूहका सदस्यहरू, सामुदायिक वनका उपभोक्ताहरू तथा काठमाडाैं उपत्यकाका काैशि खेतीमा संग्लग्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अमेरिकी दूतावास नेपालका लाइब्रेरियन तथा यस परियोजनाका सल्लाहकार अलिना शाक्यले स्वागत मन्तव्य राखेकी थिइन् । त्यसैगरी, परियोजना संयोजक रमेश तिमिल्सिनाले
परियोजनाबारे विस्तृत जानकारी गराएका थिए ।
तालिममा नमुना कृषक तथा पोखरा स्थित भ्यूपोइन्ट अर्गानिक कृषि तथा अर्गानिक फार्मका संस्थापक देवीलाल बरालले प्रशिक्षण दिएका थिए । उनले पातको थैला बनाउने तरिका र त्यसमा प्रयोग हुने माटो उपचार गर्ने विधिमा केन्द्रित भइ तालिम संचालन गरेका थिए । तरकारीको विरूवा उत्पादन गर्दा वातावरणमा प्रतिकुल असर गर्ने प्लाष्टिकजन्य झाेलाका सट्टा वातावरणमैत्री पातको थैलाको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले तालिम संचालन गरिएको हो ।
सहभागीहरूले पातको थैलाजस्ता सरल र माटोमैत्री प्रविधिबारे व्यवहारिक ज्ञान प्राप्त भएको भन्दै उक्त प्रविधिलाइ अफ्ना करेसाबारी र काैशि खेतीमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रम समापन गर्दै परियोजना समूह सदस्य पवनबावु बास्तोलाले यस्तो पर्यावरणमैत्री प्रविधिलाई कृषकहरूमा लैजान सहयोग गरेकोमा अमेरिकी दूताबास युवा परिषद्, नेपाललाई धन्यवाद ज्ञापन गरेका थिए ।