Aafno Khabar

महामारी फैलिने डरकाबीच यसरी मनाइयो होली (फोटो खबर)

  • आफ्नो खबर
  • March 28, 2021 प्रकाशित

काठमाडौं । रङहरुको पर्व फागुपूर्णिमा (होली) आज नेपालको पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । मधेशका जिल्लामा भने भोलि होली मनाइनेछ ।

सरकारले होलीमा सार्वजनिक विदा दिएकाले घरमा परिवारसँग र घरबाहिर साथीहरुसँग आपसमा रङ दलेर धेरैले होलीको खुशियाली साटासाट गरे । काठमाडौं उपत्यकाका मुख्य चोकहरुमा ठूलो संख्यामा होली खेल्ने मानिसहरु थिए । यसमा युवाको संख्या उल्लेख्य रहेको देखियो ।

काठमाडौंको बसन्तपुर क्षेत्र होली मनाउनेहरु भेला हुने मुख्य क्षेत्र हो । सरकारले कोरोना महामारी फैलिने जोखिम रहेको भन्दै सर्वसाधारणलाई घरभित्रै परिवारसँग होली मनाउन आग्रह गरेको थियो ।

तर सरकारी आग्रह र कोरोना महामारी फैलिने सम्भावनालाई बेवास्ता गर्दै ठूलो संख्यामा मानिसहरु होली खेल्न बसन्तपुर पुगेका थिए ।

तस्विर गोरखापत्रका लागि मनोजरत्न शाही र केशव गुरूङ्गबाट साभार