Aafno Khabar

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

  • आफ्नो खबर
  • March 26, 2021 प्रकाशित

एजेन्सी । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ । युरोपमा कोरोना भाइरससम्बन्धी नयाँ चरणको प्रतिबन्ध सुरु भएसँगै तेलको मूल्य ओरालो लागेको हो । मूल्य घट्नुको अर्को कारण स्वेज नहरमा आवागमन अवरुद्ध हुनु पनि रहेको अधिकारीहरुले बताएका छन् ।

स्वेज नहरमा एउटा कन्टेनर सिप अड्किएर मार्ग अवरुद्ध भएको छ । हिजो लन्डनस्थित आइसिई एक्चसेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १ दशमलव ७ प्रतिशतले घटी ६३ डलर ३१ सेन्टमा आएको छ ।

वेष्ट टेक्सास इन्टरमिडियटको भाउ पनि प्रतिब्यारेल २ दशमलव १ प्रतिशतको कमीसहित ५९ डलर ९१ सेन्टमा झरेको थियो । विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल ढुवानीको बाटो स्वेज नहरमा जहाज अड्किएर बाटो ठप्प भएको खबर सार्वजनिक पछि बुधवार भने दुबै बेञ्चमार्कको भाउ करीब ६ प्रतिशतले बढेका थिए ।