काठमाडौं । सरकारले राष्ट्रिय बिदामा चार दिन थप गरेको छ। आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो।
गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहारको भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियाे ।
०७८ सालको बिदासम्बन्धी विवरण आजै राजपत्रमा प्रकाशन भएकाे छ। सरकारको निर्णयअनुसार ६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटनास्थापना, भाइटीकाको भोलिपल्ट २१ कात्तिक र १ माघको माघे संक्रान्तिमा देशभरि बिदा हुनेछ।