Aafno Khabar

पछिल्लो २४ घण्टामा माघ २० यताकै धेरै कोरोना संक्रमित थपिए

  • आफ्नो खबर
  • March 22, 2021 प्रकाशित

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या माघ २० यताकै धेरै देखिन थालेको छ । । पछिल्लो २४ घन्टामा १५० जनामा कोरोना संक्रमति भेर्टिका ुहन् । यो माघ २० यताको सबैभन्दा धेरै संक्रमण दर हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय लगातार संक्रमितको संख्या घटिरहेको नेपालमा सोमबारबाट फेरि बढ्न सुरू गरेको छ। मन्त्रालयका अनुसार माघ २० गते नेपालमा १७१ जनामा कोरोना संक्रमण देखिएको थियो।

पछिल्लो २४ घन्टामा नेपालमा ४४७२ जनाको पीसीआर परीक्षण गर्दा १५० जनामा कोरोना पोजेटिभ देखिएको हो । यस्तै ९९ जना निको भएर घर फर्किएका छन् भने पछिल्लो २४ घन्टामा २ जनाको कोरोनाबाट मृत्यु भएको छ। भारतका विभिन्न प्रदेशमा कोरोनाका संक्रमित आक्रामक रुपमा थपिदा त्यसको असर नेपालमा पनि पर्न सक्ने आशंकाबीच कोरोना संक्रमण दर बढ्न थालेको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ जना पुगेका छन्। यस्तै निको हुनेको संख्या २ लाख ७२ हजार २० छ भने मृत्यु हुनेको संख्या ३०१९ जना छन्।हाल ५१ जना क्वारेन्टाइनमा छन् भने १०१७ जना अझै उपचाररत छन्।