काठमाडौं । इङ्ग्ल्याण्ड भारतसँगको चौथो टी–ट्वान्टी क्रिकेटमा पराजित भएको छ । नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई ८ रनले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको थियो । १८६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको इङ्ग्ल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो ।
इङ्ग्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाएका थिए भने जासन रोयले ४० रन जोड्दा जोनी बेयर्स्टोले २५ रन जोडे । भारतका लागि सूर्यकुमार यादवले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । शार्दुल ठाकुरले ३ विकेट लिए भने हार्दिक पाण्डय र राहुल चहलले २–२ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको भारतका श्रेयस एयरले ३७ रन बनाउँदा ऋषव पन्तले ३० रन बनाए । केएल राहुल १४, रोहित शर्मा १२, हार्दिक पाण्डय ११ रनमा आउट हुँदा शार्दुल ठाकुरले अविजित १० रन बनाए । कप्तान विराट कोहली १ रनमै आउट भए ।
यस्तै इङ्ग्ल्याण्डका जोफ्रा आर्चर ४ विकेट लिए । जितसँगै भारतको ५ खेलको सिरिजमा २–२ को स्थितिमा पुगेको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउँदै १८५ रन बनाएर इङ्ग्ल्याण्डलाई १८६ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको इङ्ग्ल्याण्डले २० ओभरको खेलमा ८ विकेट गुमाएर १७७ रन बनाएको हो ।