Aafno Khabar

म्यानचेस्टर युनाईटेड युरोपा लिगको क्वाटरफाइनलमा,पोग्बाको निर्णायक गोल

  • आफ्नो खबर
  • March 19, 2021 प्रकाशित

इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गयराति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एसी मिलानलाई १–० गोल अन्तरले पराजित गर्दै युनाईटेड अन्तिम आठमा पुगेको हो । युनाईटेड समग्रमा २–१ को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा युनाईटेड र मिलानले १–१ गोलको बराबरी खेलेका थिए ।

मिलानको मैदानमा युनाईटेडलाई जित दिलाउन पाउल पोग्बाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९ औं मिनेटमा पोग्बाले गोल गरेका हुन् । जुन गोल युनाईटेडको जितमा निर्णायक बन्यो ।

पोग्बाले मैदान छिरेको तीन मिनेट पछि नै गोल गरेका हुन् । फ्रान्सका पोग्बा ४६ औं मिनेटमा मार्कुस राषफोर्डको स्थानमा मैदान प्रवेश गरेका थिए । यस्तै स्पेनिस क्लब ग्रानडा, भिल्ला रियलले अन्तिम आठमा स्थान बनाउँदा आयाक्स पनि अन्तिम आठमा प्रवेश गरेको छ । रोमाले पनि क्वाटरफाइनलको यात्रा तय गरेको छ ।