एजेन्सी । स्पेनको संसदले स्वैच्छिक मरणलाई कानुनी मान्यता दिएको छ । संसदमा भएको मतदानमा इच्छामृत्युको पक्षमा २ सय २ मत आयो भने विपक्षमा १ सय ४१ मत आएको थियो।
अहिले स्पेनको कानूनमा स्वेच्छिक मरण वा स्वेच्छिक मरणमा सहयोग गर्नेलाइ १० बर्ष कैद सजाय छ।
स्पेनमा सन २०१९ मा भएको एक सर्भेक्षणले ९० प्रतिशत नागरिक इच्छामृत्युको पक्षमा भएको देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।
युरोपमा स्पेन अगाडि बेल्जियम, लक्जमबर्ग र नेदरल्यान्ड्सले इच्छामृत्युलाई कानुनी मान्यता दिइसकेका छन् ।