Aafno Khabar

भारत बायोटेकको खोपले पनि पायाे नेपालमा आकस्मिक प्रयोगको अनुमति

  • आफ्नो खबर
  • March 19, 2021 प्रकाशित

काठमाडौं । भारत बायोटेकले उत्पादन गर्ने कोरोना भाइरसविरुद्धको खोप कोभ्याक्सिनले नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति पाएको छ ।

आइतबार बसेको औषधी व्यवस्था विभागको बैठकले कोभ्याक्सिन खोपलाई आकस्मिक प्रयोगको अनुमति दिएको हाे ।

यसअघि नेपालमा भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड र चिनियाँ कम्पनीले उत्पादन गरेको सिनोफार्म नामक खोपले मात्र आकस्मिक अनुमति पाएका थिए ।