सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतले पार्टी फुटाइदिएर आफूहरूलाई टाउकामा हानेको जस्तो भएको बताएका छन् ।
आज सिन्धुलीमा नेता तथा कार्यकर्तासँगको संक्षिप्त अन्तर्क्रिया कार्यक्रममा दाहालले प्रतिनिधिसभा पुनःस्थापना भएपछि जितियो भनेर रिल्याक्स गरेर बसेको बेला फागुन २३ गतेको फैसलाले टाउकोमा ड्याम्मै हानेको जस्तो भएको बताए ।
‘सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि ठूलो लडाईं जितियो भनेर रिल्याक्स गरेको अवस्थामा फेरि अदालतले पार्टी फुटाएर पहिलाकै अवस्थामा ल्याइदिएको बताए ।
अध्यक्ष दाहालले नेकपा हुँदा पार्टीभित्रै संघर्ष गरेर आफूले केपी ओलीको बुर्जुवा हेडक्वाटरमा १९ पेज लामो दस्तावेजको बम हानेको समेत बताए । उक्त बम हानेपछि लडाईं सुरु भएको बताउँदै उनले अहिले महामारी चलिरहेको टिप्पणी गरे ।