Aafno Khabar

कोरोनाविरुद्धको खोप अभियान स्थगित

  • आफ्नो खबर
  • March 17, 2021 प्रकाशित

काठमाडौं । कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएपछि केही समयका लागि सरकारले खोप अभियान स्थगित गरेको छ ।

कोरोनाविरुद्धको थप खोप आएपछि मात्र खोप कार्यक्रम संचालन गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

सरकारले भारतलाई अग्रिम भुक्तानी गरेको मध्येको आधा मात्रै खोप आएकाले अहिलेलाई खोप अभाव भएको हो ।

कोभ्याक्सअन्तर्गत प्राप्त हुने खोप सम्झौता गरेअनुसार नआउँदा अभियान स्थगित हो । माघ १४ गतेदेखि सुरु भएको खोप अभियान चैत ३ गतेसम्म चलेको थियो ।