काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले सभापति शेरबहादुर देउवालाई जसपा र माओवादीसँग मिलेर केपी ओलीको सरकार ढलाउन आग्रह गरेको बताउनुभएको छ । आफूले केपी सरकार ढाल्न आग्रह गर्दा पनि सभापति देउवाले देखाएको उदासिनताप्रति प्रश्न गर्नुभएको छ ।
आज पोखरामा नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको पूर्णप्रसाद–मायादेवी शान्ति पुरस्कार वितरण समारोहमा बोल्दै नेता पौडेलले सभापति देउवाको क्रियाकलापबाट आफू अच्चमित भएको बताउनुभयो । पार्टीलाई ढुलमुले र अनिर्णयको बन्दीजस्तो बनाउन नहुने उहाँले बताउनुभयो ।