Aafno Khabar

जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियो सिरहा बम विस्फोटको जिम्मा

  • आफ्नो खबर
  • March 14, 2021 प्रकाशित

काठमाडाैं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार गराइएको विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।

अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति निकालेर बम विस्फोटको जिम्मा लिएका हुन् ।

आइतबार कार्यालयको मोठ फाँटमा गराइएको विस्फोटमा नायब सुब्बासहित ८ जना घाइते भएका थिए । गम्भीर घाइते २ जनालाई थप उपचारका लागि काठमाडौं र विराटनगर पठाइएको छ ।

बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

हेर्नुहाेस् विज्ञप्ति :