काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जनता समाजवादी पार्टी (जसपा)सँग आउँदो चुनावसम्म कार्यगत एकता गर्न प्रस्ताव गरेको छ ।माओवादी मुख्यालय पेरिसडाँडामा आज दुई पार्टीका शीर्ष नेताहरूबीच भएको छलफलमा माओवादीले यस्तो प्रस्ताव गरेको हो ।
माओवादीले राखेको प्रस्तावमा जसपा नेताहरूले कुनै प्रतिबद्धता नजनाएको माओवादीका एक नेताले बताए । बैठकपछि जसपा अध्यक्ष महन्थ ठाकुरले माओवादीसँग सकारात्मक कुरा भएको तर निष्कर्षमा पुग्न बाँकी रहेको भन्दै पुनः छलफलमा बस्ने बताएका थिए ।
छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, जसपा अध्यक्षकाहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, वरिष्ठ नेताहरू अशोक राई तथा राजेन्द्र महतो लगायतका नेताहरू सहभागी थिए ।