काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षीय नेताको भेलाले हिजोका तितापिरा कुरा बिर्सेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने निस्कर्ष निकालेको छ ।
बैठकपछि नेकपा नेता रघुजी पन्तले हिजोका कुरालाई बिर्सेर पार्टीलाई बलियो बनाउँदै एकताबद्ध बनाएर अगाडि बढाउने निर्णय गरेको जानकारी दिनुभयो । पार्टी एकतावद्ध बनाउनका लागि मुख्य भूमिका अध्यक्ष केपी ओलीको हुने नेपाल समुहको निस्कर्ष छ ।
त्यस्तै एमाले र माओवादीबीच तत्काल एकता सम्भव नभएपनि प्रयास भने जारी राख्ने विषयमा पनि छलफल भएको नेपाल पक्षले जनाएको छ । वामपन्थीहरूको मोर्चा र सरकार बनाउनु उपयुक्त हुने निश्कर्ष यो समुहले निकालेको छ ।