Aafno Khabar

ओली सरकार ढल्ने पक्का ! सरकारको नेतृत्व कांग्रेसलाई कि बाबुरामलाई ?

  • आफ्नो खबर
  • March 9, 2021 प्रकाशित

काठमाडौं । नेकपाको आधिकारिकता खारेजसँगै केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने देखिएको छ । ओली सरकारको राजीनामा माग गर्दै आएको माओवादीलाई सर्वोच्चले औपचारिक रुपमा ओलीबाट अलग गराइदिएपछि सरकार अल्पमतमा पर्ने देखिएको हो । अब प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता एमाले, कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीले पाएका छन् ।

एमाले छाडेर कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको प्रतिनिधिसभामा बहुमत पुग्छ । २७५ सदस्य रहेको प्रतिनिधि सभामा बहुमत पुर्‍याउन १३८ सांसद आवश्यक पर्छ । एमालेसँग भएका १२१ सासद मध्य अहिले १२० जना सांसद एमालेमा रहेका छन् । एमालेलाई यही सरकार निरन्तर गर्नका लागि १८ जना सांसद आवश्यक पर्छ । कांग्रेसका २ (विजयकुमार गच्छदार र मोहम्मद अफताव आलम) र जसपाका २ (रेशम चौधरी र हरिनारायण रौनियार) निलम्बनमा छन् ।

एक सदस्यको निधन भएको छ । अहिले कांग्रेस ६१, माओवादी ५३ र जसपा ३२ सांसद रहेका छन् । अहिलेको समयलाई हेर्दा कांग्रेस र माओवादीले ओलीलाई निरन्तरता दिन चाहदैनन् । अब समाजवादीले एमालेलाई समर्थन गर्दा ओलीको सकरकारले निरन्तरा पाउन सक्थ्यो । तर तत्कालका लागि त्यो सम्भावना पनि नदेखिको तर्क राजनीतिक वृतमा छ ।

प्रतिनिधिसभा बैठक बुधबार बोलाइएको छ । त्यो बैठकसम्म माओवादीले ओलीलाई दिएको समर्थन फिर्ता लिएमा उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ओलीलाई विश्वासको मत लिन ३० दिनको समय संसद्ले दिएपछि दलहरूसँग सत्ता सहकार्यका लागि छलफल अघि बढाउने छन् । यो समयमा कांग्रेस, माओवादी र समाजवादी एक ठाउँमा उभिदा १४६ सांसद हुनेछ्न । यो सङख्या बहुमतको सरकारका लागि पर्याप्त हो ।

तीन दलबीच सहकार्य भएमा दोस्रो ठूलो राजनीतिक दलको हिसाबले कांग्रेसले सरकारको नेतृत्व गर्नेछ । त्यसो हुन नसकेमा समाजवादीका अध्यक्ष बाबुराम भट्टराईका पनि सम्भावना देखिन्छ ।

किनकी समाजवादीबाट प्रधानमन्त्रीका लागि मुख्य दाबेदार भट्टराईलाई माओवादीले सहज समर्थन गर्न सक्ने आँकलन छ । तर यो समयमा माओवादी अध्यक्ष प्ष्पकमल दाहाल प्रधानमन्त्री बन्ने सम्भावना नरहेको राजनीतिक चर्चा छ ।

माओवादीका केही प्रभावशाली नेताहरु एमालेमा रहने निश्चित छ । उनीहरु सबै गुम्दा पनि ओलीको साथ नछोड्ने बताउँदै आएका छन् । यो समयमा दाहाललाई आफ्नो अस्तित्व खोज्नका लागि पनि शक्ति संचयको आवश्यकता रहेको देखिन्छ ।

जसका लागि पनि तत्काल उनी सरकारको नेतृत्व गर्न लालायित हुने छैनन् । त्यसकारण कांग्रेस वा समाजवादीले बहुमतको प्रधानमन्त्रीका लागि दाबेदार रहनेछन् यो समिकरणबाट सरकार बनेमा पहिलो पार्टी एमाले आगामी चुनावसम्म प्रतिपक्षमा बस्नेछ ।