Aafno Khabar

राष्ट्र बैंकको डेपुटी गभर्नरमा मिश्र र ढुंगाना नियुक्त

  • आफ्नो खबर
  • March 9, 2021 प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बोमबहादुर मिश्र र निलम ढुंगाना नियुक्त भएका छन् ।

राष्ट्र बैंकले सिफारिस गरेको सूचीबाट मन्त्रिपरिषदको मंगलबार साँझ बसेको बैठकले मिश्र र ढुंगानालाई नियुक्त गरेको एक मन्त्रीले बताए ।

फागुन १८ गते डिपुटी गर्भनरका रुपमा रहेका चिन्तामणी सिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल सकिएपछी उक्त पद खाली रहेको रहेको थियो ।

आज बसेको मन्त्रीपरिषद बैठको निर्णयले नेपाल राष्ट्र बैंकका गर्भनर सिफारिस गरेका संभावित ४ नाम मध्ये सार्वजनिक ऋण ब्यवस्थापन विभागकी कार्यकारी निर्देशक निलम ढुङ्गाना तिम्लसिना र विदेशी विनियम व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमवहादुर मिश्र नियुक्त भएका हुन् ।

दुई डिपुटी गर्भनर सहित अनुसन्धान विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्ट र अर्थमन्त्रीका आर्थिक सल्लाकार तथा लघुबित्त बित्तीय संस्था सुपरिवेक्षण बिभागका कार्यकारी निर्देशक डा. प्रकासकुमार श्रेष्ठ सहित ४ कार्यकारी निर्देशकको नाम डिपुटी गर्भनरका लागि सिफारिस भएको थियो ।