काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको एकीकरण खारेज गरिदिएर पहिलाका नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि आज पहिलो पटक मन्त्रिपरिषद बैठक बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषदको बैठक डाक्नुभएको छ।
ओली सरकारमा अहिले पूर्वमाओवादी केन्द्रमा रहेकाहरू पनि मन्त्री छन् । सरकारले जारी गरेका केही अध्यादेश पनि संसदमा पेश गर्न बाँकी छ।
आइतबारको संसद बैठकमा एउटा अध्यादेश पेस भए पनि बैठक अवरूद्ध भएपछि प्रक्रिया अघि बढ्न सकेको छैन।