Aafno Khabar

यसपालिकाे खेलमा यसरी विजयी भए बामदेव गौतम !

  • आफ्नो खबर
  • २०७७ फाल्गुन २४ गते २३:५९ प्रकाशित

काठमाडौं । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन हुँदा नेकपाका नेता बामदेव गौतम नेकपा एकता अभियानको पक्षमा देखिए । कुनै पनि समुहमा नलाग्ने निर्णय गरेका गौतम पार्टी एक् बनाउन आफ्नो पक्षबाट पहल गरिरहने बताउँदै आएका थिए । विभिन्न समयमा नेकपालाई निर्णायक गोटीको काम गरेका गौतम यसपालि पनि अन्तिम समयमा एक पक्षको गोटी बन्ने चर्चा थियो ।

गोटी बनेर खेल जिताउने गौतमको खेलपछि अबमूल्यन हुने र उनलाई प्रयोग मात्र गरियो भन्ने गमात उनी समर्थकमा थियो । तर गौतम यसपालि गोटी बन्न पाएनन् । उनी गोटी बन्न र पाटी विभाजनको अपजसबाट पनि बच्न सफल भए ।

विभाजनको कुनै पनि पक्षमा नलागेका गौतमलाई एमालेको उपाध्यक्षका हैसियतले पार्टीमा फर्कन सबैभन्दा सहज हुनेछ । पूर्व माओवादी पक्षसँग नारिएर हिडेको माधव नेपाल पक्ष पनि एमालेमा फर्कने निर्णय गरेको छ । आफूलाई संस्थापन दाबी गर्ने ओली पक्षले त सर्वाेच्चको फैसलालाई आफ्नो जितको रुपमा मनाएको छ ।

एमाले भित्र ओली पक्ष विजय उत्सब मनाउँदा गौतम समूह आफूलाई भाग्यमानी महसुष गरेको छ । हारेर पनि घरमै फर्केको नेपाल पक्षलाई एमालेभित्र सहजता छैन् । ओली पक्षले एमालेलाई आफ्नो घर ठानेर नेपाल पक्षमाथि पेल्दै गर्दा फेरी एक पटक निर्णायक भूमिकामा रहनेछन् बामदेव गौतम ।

उनले ओली र नेपाल पक्षलाई मिलाउन पार्टीभित्र मध्यस्थताको भूमिका खेल्नेछन् । गौतमले दुई पक्षलाई मिलाउने प्रयास गर्दै गर्दा यो समुह यसपालिको खेलमा बिना फाउल जितेको महसुष गर्नेछ ।